काठमाण्डौ । युनिसेफको आयोजनामा कीर्तिपुरमा भएको खेलमा सचिन तेन्दुलकरको टिमले विनोद दासको टिमलाई हराएको छ । ४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले विनोदको टिमलाई ६ विकेटले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरको त्रिवि मैदानमा १० ओभरमा खेल खेलाउने बताइए पनि आठ ओभरको खेलमात्र भएको थियो । जसमा पहिले ब्याटिङ गरेको विनोद दासको टिमले ४५ रनको लक्ष्य दिएको थियो ।


ADVERTISEMENT

# # #


सचिनको कप्तानीमा रहेको टिमले ६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । सचिनले ब्याटिङमा सात रन बनाए । जसमा उनले एक चौका प्रहार गरेका थिए । उनी ब्याटिङमा आउँदा कीर्तिपुर मैदानमा उपस्थित सबै समर्थकले ठूलो हुटिङ गरेका थिए । यसका साथै उनलाई समर्थकले छक्का हान्न आग्रह पनि गरेका थिए ।दुवै टिममा स्कुलका बालबालिकाको सहभागिता रहेको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विनोदको टोलीले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।

युनिसेफको निमन्त्रणामा शुक्रबार राति काठमाण्डौ आइपुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ पनि गरेका थिए ।

बालअधिकारसम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।