काठमाण्डौ – भारतमा भइरहेको च्यालेन्जर्स कपमा नेपाली यू-१९ टिमले आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छ । नेपाल टस हारेर बलिङमा छ ।


ADVERTISEMENT


नेपालसहित भारतका तीन टिम सहभागी यस प्रतियोगितामा नेपालले सबै खेलमा पराजय भोगेको थियो ।


ADVERTISEMENT

# # #


फाइनल पुग्न बञ्चित भएको नेपालले आइतबार तेस्रो स्थानका लागि भारतको ‘पहेँलो’ टिमसँग खेल्न लागेको हो । पहँलो टिमले नेपाललाई समूह चरणमा पराजित गरेको थियो भने रातो र निलोसँग पराजित भएको थियो ।

भारतको रातो टिमसँग १०७ रनले पराजित भएको नेपालले भारत निलोसँग २ विकटले पछि परेको थियो । यस्तै पहेँलो टिमसँग पनि नेपाल १० विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानका लागि हुने खेलका लागि आइतबार नेपालले केही खेलाडी परिवर्तन गरेको छ । आइतबार विवेक यादव र खडक बोहोरालाई प्लेयिङ सेटमा राखिएको छ भने अभिषेक बस्नेत र गौतम केसीलाई बाहिर राखिएको छ । विवेकको यू १९ मा डेब्यू खेल पनि हो ।