दाङ – गोठमा लुकाइ छिपाइ राखेका हातहतियार प्रहरीले बरामद गरेको छ । प्रहरीले शुक्रबार साँझ जिल्लाको गढवा गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका–१ को सिमानामा रहेको शिवराज नगरपालिका–१ स्थित खाली गोठमा लुकाइ छिपाइ राखेको अवस्थामा हतियार फेला पारेको हो ।


ADVERTISEMENT


बरामद भएका हातहतियारमा सएमजी ५ थान, सोहीको म्याग्जिन १३ थान, गोली ३ सय ९० राउण्ड र हतियार राख्न प्रयोग गरेको सुटकेश थान प्रहरीले बरामद गरेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले सुटकेशभित्र उक्त हातहतियार राखी पात पतिङ्गर र झारपातले छोपी लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।