काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र विश्व क्रिकेटका हस्ती सचिन तेन्दुलकरबीच भेटघाट सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई तेन्दुलकरले भेटघाट गरेका हुन् ।


ADVERTISEMENT


संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बालबालिका आपातकालीन कोष(युनिसेफ)का सद्भावना दूत समेत रहेका तेन्दुलकरले भेटमा नेपालले बाल अधिकार र बालबालिकाको हित प्रवद्र्धनका निम्ति गरेको प्रयासको प्रशंसा गरे । प्रधानमन्त्री ओलीले आइतबार अपरान्ह ट्वीट गरी भेटघाटबारे उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #



प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेको छन्, “प्रसिद्ध खेलाडी र युनिसेफका सद्भावना दूतसँगको भेटघाटले खुशी छु । बाल अधिकार र हित प्रवद्र्धनका निम्ति नेपालले गरेको प्रयासलाई तेन्दुलकरले प्रशंसा गर्नुभएको छ ।”

भेटघाटमा यूनिसेफका प्रतिनिधि, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापा लगायतको उपस्थिति रहेको थियो । उनी शुक्रबार राति काठमाडौं आएका थिए ।

शनिबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तेन्दुलकरले बाल अधिकार प्रवद्र्धनका लागि मैत्रीपूर्ण क्रिकेट खेलेका थिए । शनिबार काभ्रेको धुलीखेलमा बिताएका तेन्दुलकर आइतबार नै भारत प्रस्थान गरेका छन् ।