काठमाडौं – वर्तमान सरकारको मन्त्रिमण्डल परिवर्तनबारे विभिन्न भ्रामक समाचारहरु आइरहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले त्यसको खण्डन गरेको छ ।


ADVERTISEMENT


प्रचण्डको निजी सचिवालयले मंगलबार विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ । सो विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाइ छ ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तीमा भनिएको छ, ‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ,’

मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ । सो बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने बताइएको छ ।