काठमाडौँ – फिफा विश्वकप छनोटको दोस्रो चरणमा कुवेतविरुद्ध नेपाल फेरि पनि गोलले पराजित भएको छ । मंगलबार भटानको थिम्पुस्थित चाङ्गलिमिङ्गथाङ रंगशालामा कुवेतले नेपाललाई १–० गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


कुवेतका लागि बादेर अल मेतवाले २८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । नेपालले जवाफी गोल गर्न नसक्दा पराजित भएको हो । यसअघि नेपाल कुबेतसंग उसकै घरेलू मैदानमा ७ ० ले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


घरेलु मैदानमा खेल्नुपर्ने खेल दशरथ रंगशालाको पुनर्निमाण सम्पन्न नभएकाले नेपाले तटस्थ भूमिका रुपमा भुटानमा खेलेको हो ।

दशरथग रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एशियन फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालामा खेल नगराउन निर्देशन दिएको थियो । त्यसपछि एन्फाले खेल भुटानमा खेलाउन प्रस्ताव गरेको थियो ।