काठमाडौँ – एनआईसी एशिया बैंकले ग्राहकलाई अधिकतम सुविधा प्रदान गर्ने उद्वेश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बैंकमा खाता भएका र खोल्न इच्छुक सबै ग्राहकले “सुपर चमत्कारिक मासिक निक्षेप खाता”को अधिकतम लाभ लिन सक्नेछन् । यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिनेछ । यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT

# # #


बैँकका अनुसार निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५ सय रुपैयाँको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० रुपैयाँको गुणन दरले ५ सय रुपैयाँ भन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशत व्याज प्राप्त गर्न सक्नेछन् । यसरी ग्राहकहरुले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्नेछन् ।

कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिनेछ । मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ । यस खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ भने निक्षेप योजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सकिनेछ ।

बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।