काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।


ADVERTISEMENT


यस्तै सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । अब  राजनीतिक स्थायित्वको सन्देशसहित प्रतिनिधि सभाको यस कार्यकाल रहँदासम्म सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नेछन् भने पार्टी सम्बन्धि कार्यकारी अधिकार प्रचण्डमा रहनेछ ।


ADVERTISEMENT

# # #


पार्टीको बैठक संयुक्त रुपमा दुई अध्यक्षले गर्ने र आम रुपमा पार्टीको बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने बताइएको छ । यो कार्य विभाजन पछि पनि उनीहरुको मर्यादाक्रम भने यथावत नै रहने बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए ।

सचिवालय बैठकमा मन्त्रिपरिषद्को हेरफेर बारे केही छलफल नभएको र यो प्रधानमन्त्रीको अधिकारको विषय भएकाले प्रधानमन्त्रीेले तुरुन्तै हेरफेर गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफूले कुनै पनि महत्वपूर्ण निर्णय गर्ने बताए पछि आज मन्त्रीहरूको हेरफेरको निर्णय हुने संभावना रहेको छ ।