काठमाडौँ –दोलखाको भिमेश्वर नगरपालिका–८ चरंगेखोलामा बसले किचेर एक वृद्धाको मृत्यु भएको छ । बा।३ ख २९९७ नम्बरको बसले किच्दा तेश्वर गाउँपालिका–२ मृगे बस्ने ७० वर्षीया कुमारी तामाङको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।


ADVERTISEMENT


बस रोकी राखेको अवस्थामा अचानक पछाडि गुड्न जाँदा बसमा सवारमध्ये उनको भाग्ने क्रममा बसले किचेर मृत्यु भएको हो । बसमा सवार सोही ठाउँ बस्ने मिरा तामाङ बसबाट हामफाली भाग्ने क्रममा उनको छोरा २ महिनाका छिरिङ लामा घाइते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट पठाइएको छ ।


ADVERTISEMENT

# # #


हाल फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।