काठमाडौं – बुधबार हुने भनिएको मन्त्रिपरिषद्को हेरफेर आज नहुने भएको छ । हट्ने र नयाँ बन्ने मन्त्रीको नाम नटुंगिएकाले मन्त्री हेरफेर आजका लागि स्थगित भएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक पछि अपरान्ह पूर्व निर्धारित कार्यक्रम अनुसार ट्रेड युनियनको एक कार्यक्रममा सहभागी हुन गएकाले आज हेरफेरको संभावन नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।


ADVERTISEMENT

# # #


यस अघि आजै बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।यस्तै सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो ।