ब्राह्मणो ब्रह्मवर्चसी जायताम।। अर्थात ब्राह्मण ब्रह्म (ईश्वर) तेजले युक्‍त हुन्छ।


ADVERTISEMENT


ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्।


ADVERTISEMENT

# # #


आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥ -पार. गृ.सू. २.२.११।

जनैलार्इ उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध, मोनीबन्ध तथा ब्रह्मसूत्रका नामले चिनिन्छ। यसलार्इ उपनयन संस्कार पनि भनिन्छ। ‘उपनयन’ काे अर्थ हुन्छ, ‘सँगै वा सन्निकट लिएर अाउनु।’अब प्रश्न अाउँछ कसकाे सन्निकट त ? ब्रह्म (ईश्वर) र ज्ञानकाे सन्निकट पुग्नु नै उपनयनकाे प्रमुख अर्थ हुन अाउँछ। हिन्दू समाजका हरेक वर्ग जनै धारण गर्न सक्छन्। जनै धारण गरेपछि मात्रै द्विज बालकलार्इ यज्ञ तथा स्वाध्याय गर्ने अधिकार प्राप्त हुन्छ। द्विजकाे अर्थ हुन अाउँछ अर्काे जन्म। कालान्तरमा यस संस्कारलार्इ अन्य धर्मका मानिसहरूले धर्मान्तरित गरी अाफ्नाे धर्ममा प्रवेश गराउने माध्यमका रूपमा उपयोग गर्ने चलन बनाए। हिन्दू धर्ममा प्रत्येक हिन्दूकाे कर्तव्य के हुन अाउँछ भने जनै धारण गर्नु र त्यसका नियमह्ररूकाे पालना गर्नु। हरेक हिन्दू धर्मावलम्बीले जनै धारण गर्न र त्यसका नियमहरूकाे पालना गर्न सक्छ । यसमा महत्वपूर्ण कुरा के छ भने जनै धारण गरिसकेपछि त्यसका नियमहरूकाे पालना अनिवार्य पूर्वसर्त हाे ।

जनै किन धारण गरिन्छ : सनातन धर्मका २४ संस्कारहरूमध्ये एक ‘उपनयन संस्कार’ अन्तर्गत नै जनै धारण गरिन्छ । यसलार्इ ‘यज्ञोपवीत संस्कार’ पनि भनिनछ। मुण्डन गर्नु र पवित्र जलमा स्नान गर्नु पनि यस संस्कारका महत्वपूर्ण अंग हो।प्राचीनकालमा पहिले शिष्य, सन्त तथा ब्राह्मण बनाउनका लागि दीक्षा दिने प्रचलन थियाे। यही दीक्षा क्रममा नै एक जनै धारण गर्नु पनि अनिवार्य नै थियाे। प्राचीनकालमा गुरुकुलमा दीक्षा लिने वा संन्यास ग्रहण गर्नु पूर्व याे संस्कार गर्ने पराम्परा थियाे ।

यज्ञोपवीतलार्इ व्रतबन्ध पनि भनिन्छ। व्रतहरूले नबाँधीकन मनुष्यकाे उत्थान सम्भव हुँदैन। यज्ञोपवीतलार्इ व्रतशीलताकाे प्रतीक मानिन्छ। त्यसैले यसलार्इ सूत्र (फर्मूला, सहारा) पनि भन्न सकिन्छ। धर्मशास्त्रहरूमा यम-नियमलार्इ पनि व्रत मानिएकाे छ। बालककाे आयुवृद्धि हेतु गायत्री तथा वेदपाठकाे अधिकारी बनाउनका लागि पनि उपनयन (जनै) संस्कार अत्यन्त आवश्यक छ।

दीक्षा दिनु : दीक्षा दिने प्रचलन वैदिक ऋषिहरूले प्रारम्भ गरेका थिए। प्राचीनकालमा पहिले शिष्य र ब्राह्मण बनाउनका लागि दीक्षा दिइन्थ्याे। माता-पिता जब अाफ्ना सन्तानलार्इ शिक्षा ग्रहण गर्न पठाउँथे तब उनीहरूलार्इ दीक्षा गराइन्थ्याे । सनातन धर्म अनुसार दिशाहीन जीवनलार्इ दिशा दिन पनि दीक्षा अावश्यक छ । दीक्षा एक शपथ, एक अनुबन्ध तथा एक संकल्प हाे। दीक्षापछि मात्रै व्यक्ति द्विज बन्दछ। द्विजकाे अर्थ अर्काे जन्म एवं अर्काे व्यक्तित्व हाे ।
अन्य धर्ममा याे संस्कार : हिन्दू धर्मद्वारा प्रेरित याे उपनयन संस्कार अन्य सबै धर्ममा पाइन्छ।

याे दीक्षा दिने परम्परा प्राचीनकालदेखि नै छँदै थियाे तथापि कालान्तरमा अन्य धर्ममा दीक्षालार्इ अाफ्नाे धर्ममा धर्मान्तरण गर्नका लागि प्रयुक्त गरिन लाग्याे। याे सनातन आर्य संस्कारलार्इ प्रायः सबै धर्ममा कुनै न कुनै कारणवश भिन्न-भिन्न रूपमा अपनाएकाे पाइन्छ। जस्ताे भनूँ मक्कामा काबाकाे परिक्रमा पूर्व याे संस्कार गर्ने चलन पाइन्छ।

सारनाथमा अवस्थित अति प्राचीन बुद्धकाे प्रतिमालार्इ सूक्ष्म निरीक्षण गर्दाखेरि बुद्धकाे छातीमा यज्ञोपवीतकाे सूक्ष्म रेखा देखिन्छ। जैन धर्ममा पनि यस संस्कारलार्इ ग्रहण गरिएकाे छ। वित्र मेखला अधोवसन (लुंगी) काे सम्बन्ध पारसीहरूसँग पनि छ। सिख धर्ममा यसलार्इ अमृत सञ्चार भन्दछन्। बौद्ध धर्मबाट यस परम्परालार्इ इसाई धर्मले अपनाय जसलार्इ उनीहरू बपस्तिमा भन्दछन्। यहुदी र इस्लाम धर्ममा खतना गरेर दीक्षा दिइन्छ।
जनै धारण गर्नाका ९ फाइदाहरू

मदिरा र मासु परित्याग गरेर सादा जीवन व्यतीत गर्न चाहने हरेक सनातन धर्मावलम्बीले जनै धारण गर्नपर्छ । अब अाउनुहाेस् जनै धारण गर्दाका ९ फाइदाहरू के के हुन् त्यस सम्बन्धमा विस्तृत जानकारी हासिल गराैँ । जनैका नियमहरू पालना गर्नाले तपाइँ निराेगी बन्न सक्नुहुनेछ ।
१.जीवाणु-कीटाणुबाट बचावट : जुन मानिस जनै धारण गर्दछ र यससँग जाेडिएका नियमहरू पालन गर्दछ उक्त मानिस मल-मूत्र त्याग गर्ने बेलमा अाफूनाे मुख बन्द गर्छन् । यसाे गर्नाले मानिसहरू फाेहाेर स्थानमा पाइने जीवाणु र कीटाणुहरूकाे प्रकोपबाट सजिलै बच्न सक्छन् ।

२.किड्नीकाे सुरक्षा : जनै धारण गरेसँगै बसेर नै जलपान गर्नुपर्छ अर्थात् उभिएर पानी खानु हुँदैन । यसरी नै बसेर नै मूत्र त्याग गर्नुपर्ने भन्ने नियम पाइन्छ। यी दुइटा नियमहरूकाे पालन गर्नाले किड्नीमा प्रेसर पर्दैन । जनै धारण गर्दा यी दुबै नियमहरू अनिवार्य हुन्छन् ।

३.हृदय रोग तथा ब्लडप्रेसरबाट बचाउ : शोधानुसार मेडिकल साइन्सले पनि के पत्ता लगाएकाे छ भने जनै धारणहरूलार्इ हृदय रोग र ब्लडप्रेसरकाे आशंका अन्य मानिसहरूकाे तुलनामा कम हुन्छ । जनैले शरीरमा रक्त प्रवाहलार्इ पनि नियन्त्रण गर्न मद्दत गर्दछ । ‍चिकित्सकका अनुसार जनै हृदय हुँद्रे तलतिर धारण गरिने हुनाले यसले हृदय रोगकाे सम्भावना कम गर्दछ किनभने यसले रक्त सञ्चार सुचारू रूपबाट सञ्चालित गर्न सहयाेग पुर्याउँछ

४.घुर्ने बानीकाे अन्त्य : जनै धारण गर्ने मानिसकाे घुर्ने सम्भावना अत्यन्त कम हुन्छ किनभने जनै लगाउने मानिसले लघुशंका अर्थात् पिसाब फेर्दा दाह्रा किटेर फेर्नुपर्छ । यसाे तात्पर्य के हाे भने मल मूत्र त्याग गर्ने बेलामा दाह्रा किटेर गर्ने मानिसकाे घुर्ने काम गर्दैन ।

५.कब्जियतबाट छुटकारा : जनैलार्इ कानमाथि कसेर बाँध्ने नियम छ । यसाे गर्नाले कान हुँदै गुज्रिने ती नसामाथि पनि दबाव पर्दछ, जसकाे संबंध साेझै आन्द्रासँग हुन्छ। यी नसामा दबाव पर्नाले कब्जियत हुँदैन। पेट सफा भयाे भने शरीर र मन दुबै स्वस्थ हुन्छ ।

६.शुक्राकीटकाे रक्षा : दाँया कान हुँदै जाने नसाहरूकाे सम्बन्ध अंडकोष र गुप्तेंद्रियसचँग हुन्छ । मूत्र त्याग गर्ने बेला दाँया कानमा जनै सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ। यस्ताे ज्ञात अज्ञात शुक्राकीटहरूकाे रक्षा हुन्छ। यसबाट मानिसकाे बल तथा तेज वृद्ध‍ि हुन्छ।

७.स्मरण शक्ति‍काे रक्षा : कानमाथि प्रत्येक दिन जनै राख्ने र कस्ने गर्नाले स्मरण शक्त‍िकाे क्षय हुँदैन। यसबाट स्मृति कोष बढ्दछ। कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसकाे सम्बन्ध स्मरण शक्तिसँग हुन्छ। वास्तवमा गल्ती गर्दा बच्चाहरूकाे कान निमाेठ्ने कारण यही भएर नै हाे ।

८.आचरणकाे शुद्धताले बढ्छ मानसिक बल : काँधमा जनै छ भन्ने कुराकाे एहसास मात्रैले पनि मानिस खराब अाचरण गर्नबाट हच्किन्छ । पवित्रताकाे एहसास भएमा आचरण शुद्ध हुनेछ। आचरणकाे शुद्धताले मानसिक बल बढ्दछ।

९.दुष्ट आत्माहरूबाट रक्षा : हाम्राे मान्यता के छ भने जनै धारण गर्ने मानिसका वरिपरि खराब आत्माहरू भड्किन अाउँदैनन्। यसकाे कारण के हाे भने जनै धारण गर्ने मानिस अाफैँ पवित्र आत्म रूप बनेकाे हुन्छ र त्यसमा स्वत: आध्यात्म‍िक ऊर्जाकाे विकास भएकाे पाइन्छ।

किन कानमाथि जनै सिउरिने : मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलार्इ कानमाथि कसेर दुर्इचाेटी बाँध्नुपर्दछ ।यसबाट कानका पछाडिका दुर्इ नसा जसकाे सम्बन्ध पेटका अान्द्रासँग हुन्छ र यसरी अान्द्रामा दबाब पारेर त्यसलार्इ पूरा खाेली दिन्छ । यसबाट मल विसर्जन सजिलाेसँग हुन्छ । तथा कानसँगै रहेकाे एउटा नसबाट मल-मूत्र विसर्जनकाे बेलामा केही द्रव्य विसर्जित हुन्छ। जनैले त्यसकाे वेग राेकिदिन्छ।