काठमाडौँ – नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त छ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिनु भएको हो । मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्री र राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीको सिफारिस गरेर राष्ट्रपति समक्ष पेश गरेका थिए । नयाँ मन्त्रीहरुमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा छानिएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरले राज्यमन्त्रीको सपथ लिएका छन् ।

सम्बन्धित समाचार : मन्त्रीपरिषद पुर्नगठन, हेर्नुहोस् बाहिरिने र भित्रिने मन्त्रीहरु