पोखरा – प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ की नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो बाँकी जीवन देश सेवामा समर्पित गर्ने बताएकी छन् । उम्मेदवार भट्टराईले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथि बन्ने प्रतिज्ञा गरेकी हुन् ।


ADVERTISEMENT


बिहीबार चुनावी घरदैलो अभियानका क्रमममा बोल्दै उनले स्व. पति रवीन्द्र अधिकारीको विकास र समृद्धिको बाँकी सपना आफूले पूरा गर्ने बताइन् । उनले भनिन्, ‘देशको विकास र समद्धिको महाअभियान शुरु भएको छ, । मेरो जीवन अब जनताकै सेवामा समर्पित गर्छु ।’


ADVERTISEMENT

# # #


उनले स्व. पति रवीन्द्रको नेतृत्वमा नेकपाले अघि सारेका योजना तथा अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्ने प्रतीज्ञा गरिन् ।

कांग्रेसका ३३ युवा नेकपामा

नेपाली कांग्रेस, नेविसंघ र तरुण दलमा सक्रिय ३३ जना नेकपा प्रवेश गरेका छन् । कांग्रेस नेताहरु प्रकाश श्रेष्ठ, कृष्ण भुसाल, जीतबहादुर थापा, उमेश बराल लगायतलाई नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डे उत्तम र नेकपा उम्मेदवार भट्टराईले पार्टीमा स्वागत गरेका छन् ।

मंगलबार नेपाली कांग्रेस पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति नगेन्द्र शर्मा भण्डारीसहित ४० जना नेकपा प्रवेश गरेका थिए ।

लमजुंगेले बनाए सहयोग समिति

चुनावमा नेकपा उम्मेदवार भट्टराईलाई सघाउन लमजुङ कास्की निर्वाचन सहयोग समिति पोखरामा गठन भएको छ । लमजुङबाट पोखरा आई बसेकाहरुको मंगलबार भएको भेलाले दीपकराज घिमिरे संयोजक र हरेराम धिताल सचिव रहेको २७ सदस्यीय समिति बनाएको हो ।

भेलामा नेकपा गण्डकी प्रदेश मुख्य सचेतक मायानाथ अधिकारी र जिल्ला अध्यक्ष मधुमाया अधिकारीले नेकपाको लोकप्रियताका कारण देशभरि नै उपचुनावमा आशातीत प्रगति हासिल हुने बताए ।