काठमाडौं : मंसिर सुरु भएयता जाडो बढेको छ । धेरैलाई यस्तो जाडोयाममा ओछ्यानमै सिरकभित्र बसिरहन मनहुन्छ । डुलिरहनेका लागि क्याम्प फायर विकल्प हुनसक्छ । तर नियमित जागिर गर्ने वा व्यस्त जिवन निर्वाह गरिरहेका मानिसका लागि यी कुरा अनुकुल नहुन सक्छ । प्राय सबैलाई अनुकुल हुने भनेको चिया हाे ।


ADVERTISEMENT


जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै बिहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ ।


ADVERTISEMENT

# # #


अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ । यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।

क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

रक्तसञ्चारमा सहयोग पु-याउँछ । पाचन प्रक्रियामा सुधार ल्याउँछ । शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।

महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।