सुर्खेत :कर्णाली प्रदेशमा राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाको पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रममा मङ्सिर ५ देखि ७ गते भएको थियो । तालिममा ३३ जनाको सहभागिता थियो।
कार्यक्रममा बीमा र यसको महत्व, सिद्धान्त  र प्रकारहरु बीमा ऐन तथा नियामावली तथा बिनियामावलीहरु बीमा संस्थानमा प्रचलित बीमालेखहरु बीमा बजारिकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुका बारेमा प्रशिक्षण दियियेको थियो।
कार्यक्रम मा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानको भावी कार्यदिशा, यो क्षेत्रको बिस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा सहभागीहरुलाई प्रशिक्षित गराएका थिए । साथै संस्थानका सुर्खेत शाखा प्रमुख रमेस उपाध्यायले बीमाको ईतिहास  र राष्ट्रिय बीमा संस्थानको परिचय तथा काम कर्तव्यबारे प्रशिक्षण दिएको संस्थानको  सुर्खेत शाखाले जनाएको छ।