धादिङ – गजुरी गाउँपालिका–२ चालिसेमा अवैध रुपमा चितुवाको छाला किनबेच गर्न लागेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा सोही गाउँपालिकाका भाईराम प्रजा, राजेन्द्र तामाङ, ज्ञान बहादुर बिक, आषिश तामाङ, बेनिघाट रोराङ गाउँपालिका,२ का सन्त तामाङ र सोही गाउँपालिका–३ का २१ वर्षीय राजकुमार तामाङ रहेका छन् ।


ADVERTISEMENT

# # #


उक्त स्थानमा चितुवाको छाला किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीको टोलील छापा मारेको थियो ।

उनीहरुलाई प्रहरीले चितुवाको छाला १ थान, बा.१८ प ९६९३, ग.६प १६४५ र ग.७ प ५९६३ नम्बरका ३ वटा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।