सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले चीन तथा दक्षिण एसियाको व्यापार तथा सम्बन्धलाई नयाँ उचाईमा पूर्याउन वान बेल्ट वान रोड ( ओबीआर ) महत्वपूर्ण हुने बताएका छन् । यस्का लागि कमर्सियल लिगल कोअपरेसन फोरम ( व्यापारिक कानूनी सहकार्य ) को भूमिका कोशेढुंगा साबित हुने उनको भनाई छ ।


ADVERTISEMENT


चीनको युनान प्रान्तमा भएको कार्यक्रममा नेपालका तर्फबाट बोल्दै ढकालले नेपाल समेत कमर्सियल लिगल कोअपरेसन फोरमको विकास र प्रभावकारिताका लागि सहयोगी रहेको धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


चीन तथा सार्क देशहरुका सरकार समक्ष सम्पर्क र व्यापारिक तथा कानुनी सेवाका बिषयहरुलाई जोड्ने बिषयमा उपाध्यक्ष ढकालले चर्चा गरेका छन् । श्रोत तथा साधनहरुको उपभोग गर्दै स्वरोजगार निर्माण र यस क्षेत्रको ट्रेडलाई विकास गर्न सकिने उनको धारणा छ ।

चीन लगायत दक्षिण एसियाकै लागि ओबीआर आवश्यक रहेको जनाउँदै यस क्षेत्रको विकास र ट्रेडका लागि आवश्यक रहेको तथा दीगो विकासका लागि समेत महत्वपूर्ण रहेको बताउँदै ओबीआरको कानुनी पक्षले यस्को उपयोगिता र प्रभावकारितामा छलाङ ल्याउने उनका भनाई छ ।

बाधा अबरोध बिनाको अन्तराष्ट्रिय व्यापारका लागि ओबीआरको कानुनी व्यवस्था महत्वपूर्ण रहने उनको भनाई छ ।

व्यापारिक कानुनी सहकार्यको पक्षमा सार्कले भूमिका खेल्ने समेत सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष ढकालले उद्घोष गरेका छन् ।

आपसी समझदारी र सहकार्यमा चीन तथा साउथ एसीयाका लागि नयाँ ढंगको व्यापारिक कानूनी संरचनाहरु तयार पार्दै अघि बढ्न सकिने उनको भनाई छ ।

कानूनी व्यवस्था, अभ्यास र प्रयोजनको आधारमा ओबीआरको कानूनी बाटोमा हिँड्न नेपाल सक्षम बनेको बताईएको छ ।

कार्यक्रममा सार्क लगायत दक्षिण एसियाका बिभिन्न मध्यस्तकर्ताहरु, न्यायाधीशहरु, गभर्नरहरु लगायत सम्बन्धित बिषयका बिज्ञहरुको सहभागिता रहेको थियो ।

ओबीआर राम्रोसंग अघि बढिरहेको भन्दै यस्लाई थप प्रभावकारी बनाउन सम्बन्धित राष्ट्रहरुका बीच कानुनी फ्रेमवर्क बनाउनु पर्नेमा सबै एकमत भएका छन् ।