अर्घाखाँची – अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बुधबार साँझ सन्धिखर्कबाट बुटवलतर्फ गएको बस  दुर्घटना भएको थियो ।


ADVERTISEMENT


दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले जनाएका छन् । सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीका अनुसार लु २ ख २१४८ नम्वर बस सडकबाट करीब पाँच सय मिटर तल खसेको थियो ।


ADVERTISEMENT

# # #


घाइते सात जनाको उपचारका लागि बुटवल पठाइएको छ । घटनाको बारेमा बिस्तृत विवरण आउन बाँकी छ।

अपडेट : ७ :३४ बजे