काठमाडौँ – प्रधानसेनापतिद्वारा नेपाली सेना र ईजरायली सेनाबीच प्रतिआतंकवाद सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ । उक्त तालिमको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बुधबार निरीक्षण गरेका छन् ।


ADVERTISEMENT


तालिम नेपाली सेनाको विशेष फौज बाहिनी अन्तर्गतको श्री युद्धभैरव गण र मित्रराष्ट्र ईजरायली डिफेन्स फोर्स बीच उक्त गणमा सञ्‍चालन भएको थियो । आइतबारबाट सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


प्रतिआतंकवाद तथा एण्टिहाईज्याकिङ्ग सम्बन्धि कार्बाहीमा उत्कृष्ट मानिने ईजरायली काउण्टर टेरोरिजम टिमले लामो समयको अन्तरालपछि नेपाली विशेष फौजलाई उक्त तालिम सञ्‍चालन गरेको हो । उक्त तालिम निरीक्षणको क्रममा प्रधानसेनापति महारथी थापाले आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम रहेको बताए ।

उनले यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा ‘इन्टररेस्पोन्सविलिटी’ बढाउने अवसर प्रदान भएको बताए । उक्त कार्यक्रममा ईजरायलका राजदुत बेनी ओमर, रथीवृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिती रहेको थियो ।