काठमाडौँ – एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शैयाबाटै ट्वीटमार्फत सन्देश दिएका छन् । महाराजगञ्जस्थित त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सुधार भइरहेको बताएका हुन् ।


ADVERTISEMENT


बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नेलाई धन्यवाद व्यक्त गर्दै आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका हुन् । ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ ।’ प्रधानमन्त्रीले ट्वीटमा भनेका छन्, ‘स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’


ADVERTISEMENT

# # #


गत मंगलबार एपेन्डिसाइटिस भएपछि उनको अपरेसन गरिएको थियो । अपरेसनपनि उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै आराम गर्न डाक्टरले सुझाएका छन् ।