काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


आयोजनाको स्थलगत निरीक्षणका लागि बुधबार मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले जति सक्दो चाँडो काम सकाउन भनेका हुन् । आयोजनाका अधिकारीहरुलाई निर्देशन दिँदै देउवाले भने, ‘सन् २०११ देखि काठमाडौंमा पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तो मात्रै भयो । जति सक्दो चाँडो गर्नुस् । त्यसका लागि साधन, स्रोत, पैसा के आवश्यक सरकार सहयोग गर्न तयार छ ।’


ADVERTISEMENT

# # #


उनले आयोजना स्थलको इन्टेक ड्याम, टनेललगायतको अवलोकन गरेका छन् । मेलम्चीको पानी आगामी दसैंसम्ममा काठमाडौं भित्र्याउने लक्ष्य राखिए पनि त्यो सम्भावना टरेको छ ।