काठमाडौं – एनएमबी बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः २०१३ प्रमाणपत्र पाएको छ । बैंकले आफ्नो कार्य प्रणालीलाई व्यवस्थित र सुरक्षित गरेको आधारमा टभ राइल्यान्ड प्रमाणपत्र प्राप्त गरेको हो । आईएसओ प्रमाणपत्र पाएसँगै एनएमबीराइल्यान्डबाट प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक भएको छ ।


ADVERTISEMENT


डाटा तथा सूचना सुरक्षा व्यवस्थापन प्रणाली ९आईएसएमएस०का उच्चतम मानकहरूको विकास र कार्यान्वयनमा बैंक उत्कृष्ट देखिएकाले सोे प्रमाणपत्र प्रदान गरिएको राइल्यान्डले बताएको छ ।


ADVERTISEMENT

# # #


टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । निरीक्षण सेवा र आईएसओ प्रमाणिकरणमा विश्व मान्यता प्राप्त राइल्इान्ड १४५ वर्ष पुरानो र अग्रणी संस्था हो ।