काठमाडौँ – नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा माल्दिभ्सविरुद्ध नेपाललाई तेस्रो झट्का लागेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले तीन विकेट गुमाएको हो । नेपालले पहिलो विकेटका रुपमा पूर्वकप्तान पारस खड्कालाई व्यक्तिगत ११ रनमा गुमायो । पारसले ९ बलमा एक चौका र एक छक्का हाने ।


ADVERTISEMENT

# # #


यस्तै दोस्रो विकेटका रुपमा आरिफ शेख ११ बलमा एक चौका र एक छक्काको .मदतमा १७ रन बनाएर आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल १६ बलमा २ चौका र एक छक्कासहित १९ रनमा पेवेलियन फर्किए ।

अहिले दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले नेपालको इनिङ सम्हालिरहेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा ३ विकेटको क्षतीमा ५३ रन बनाएको छ ।