काठमाडौँ – काठमाडौँ – नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई १६४ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो । कमजोर माल्दिभ्ससंग खराब सुरुवात भएपनि करण केसीले आक्रमक इनिङ खेलेपछि नेपालले सम्मानजनक योगफल तयार पारेको हो ।


ADVERTISEMENT

# # #


१५.३ ओभरमा ६ विकेट गुमाउँदा आठौँ नम्बरमा आएका करण केसीले मात्र १६ बलमा ४० रनको महत्वपूर्ण पारी खेले । त्यसक्रममा उनले २ चौका र ४ छक्का ठोके । करणले इब्राहिम हसनको अन्तिम ओभरमा मात्रै २४ रन हानेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३६ बलमा २ चौकाको मदतमा ३९ रन जोडे ।

नेपालले पहिलो विकेटका रुपमा पूर्वकप्तान पारस खड्कालाई व्यक्तिगत ११ रनमा गुमायो । पारसले ९ बलमा एक चौका र एक छक्का हाने । यस्तै दोस्रो विकेटका रुपमा आरिफ शेख ११ बलमा एक चौका र एक छक्काको मदतमा १७ रन बनाएर आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल १६ बलमा २ चौका र एक छक्कासहित १९ रनमा पेवेलियन फर्किए ।

रोहित पौडेलले १० रन हान्दा विनोद भण्डारीले १९ रनमा आउट भए ।

माल्दिभ्सका लागि लिम सफिकले ३ विकेट चट्काए भने अमिल मौरुफले २ विकेट लिए । यस्तै उमर अदाम र मोहम्मद महफूजले समान १ १ विकेट आफ्नो नाममा लेखाए ।