काठमाडौँ – ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जरपछि आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।


ADVERTISEMENT


शुक्रबार ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत कारोबारको सुरु गरेका हुन्। अर्थमन्त्री डा. खतिवडाले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT

# # #


मर्जरपछिको ग्लोबल आइएमई बैँक

मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बैंक राखिएको छ । बैंकको सञ्चालक समिति अध्यक्षमा ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकाल नै रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनता बैंकका परशुराम कुवँर रहेका छन् ।

ग्लोबल आईएमई बैंक १८ पुस २०६३ देखि ग्लोबल बैंकको नामबाट संचालनमा आएको थियो । पछि तत्कालीन आईएमई फाइनान्ससँग मर्जर भएपछि बैंकको नाम ग्लोबल आईएमई बनेको हो । ग्लोबलले यसअघि तत्कालीन कमर्ज एण्ड ट्रष्ट बैंकसहित १० वटा बैंक वित्तीय संस्थालाई आफूमा समाहित गरिसकेको छ ।

यस्तै, जनता बैंक २३ चैत २०६६ देखि सञ्चालनमा आएको थियो । जनता बैंकले यसअघि नै आठवटा बैंक वित्तीय संस्थालाई आफूमा समाहित गरिसकेको थियो । अब ग्लोबल आईएमई बैंकमा १८ वटा बैंक वित्तीय संस्था समाहित भइसकेका छन् ।

मर्जरपछिको पूँजी

मर्जरपछि ग्लोबल आईएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ, कुल निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी र कुल कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुग्ने सो अवसरमा जानकारी दिइयो ।

बैंकको देशका सातवटै प्रदेश तथा ७७ वटै जिल्लामा ३ सयभन्दा बढी शाखा र ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी रहनेछन् । त्यसैगरी, बैंकका २ सय ५९ एटीएम, २ सय ४३ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवम् तीनओटा वैदेशिक प्रतिनिधि कार्यालय रहनेछन् । बैंकको ग्राहक संख्या २० लाखभन्दा बढी हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले ठूला परियोजनामा दीर्घकालीन र मध्यकालीन लगानी गर्न ठूलो आकारको बैंक आवश्यक भएको बताए । उनले ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जरपछि बैँकले दीर्घकालीन र मध्यकालीन लगानी गर्न सक्ने विश्वास व्यक्त गरे । उनले राज्यले मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिरहेको भन्दै त्यसको फाइदा लिन बैंकहरूलाई उनले आग्रह गरे ।

सरकारले विभिन्न किसिमका कार्यक्रम र प्रोत्साहन नीति ल्याएकाले तरलता अभावको समस्या अब समाधानको दिशामा रहेको उनले दाबी गरे ।

यस्तै नेपाल राष्ट्र ब्रैँकका डा. चिरजिवी नेपालले सूचना प्रविधिमा बैंकहरूले लगानी नगर्दा सर्वसाधारणको निक्षेप नै जोखिममा परेको भन्दै असन्तुष्टि प्रकट गरे । गभर्नर डा. नेपालले भने, ‘आफ्ना कर्मचारी पनि दक्ष बनाउनु हुन्न, सूचना प्रविधिमा लगानी पनि गर्नु हुन्न । बैंकको जनशक्ति विकास पनि राष्ट्र बैंकले नै हेरिदिनुपर्ने हो ?’

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकको ब्याजदरप्रति पुनः प्रश्न गरेका छन् । बैंकले बढी ब्याज लिएर उद्योग व्यवसाय गर्नै नसकिने अवस्था आएको गोल्छाले बताउँदै आएका छन् ।

मर्जरपछि बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताएका छन् । उनले मर्जरपछि बैँकको क्रियाकलापले देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने विश्वास व्यक्त गरे ।