काठमाडौं – पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छन् ।


ADVERTISEMENT


शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७३ सेकेण्डमा पूरा गरिन् । यससँगै उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।


ADVERTISEMENT

# # #


यसअघि शुक्रबार नै हिट चरणमा २ मिनेट ३४.१६ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसअघिको रेकर्ड पनि उनकै नाममा थियो । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २ मिनेट ४१।२५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यो स्पर्धामा भारतीय खेलाडीले रजत र श्रीलंकन खेलाडीले कास्य पदक जिते ।