काठमाडौँ– सर्वोच्च अदालतले निर्माण प्रकृयामा रहेको बारा जिल्लास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्कालका लागि यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ ।


ADVERTISEMENT


शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले विमानस्थलको काम यथास्थितिमा राख्न आदेश दिएसँगै निर्माण प्रकिया अघि नबढ्ने भएको हो ।


ADVERTISEMENT

# # #


पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकी लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै मोक्तानको इजालसले आदेश दिएको हो ।

सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रिट निवेदकहरुले निवेदनको अन्तिम टुंगो नलागेसम्म विमानस्थल निर्माण कार्य अघि नबढाउनु भनी तत्काल अन्तरिम आदेशको माग गरेका थिए ।