काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० स्थित मनमैजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले आफ्नो १०५औ शाखाको रुपमा मनमैजुमा बिहीबारदेखि कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


कार्यालय सञ्चालनपछि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १०५ वटा शाखा तथा ५४ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।