चितवन – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रको अनियमितता अन्त्य गर्ने बताएका छन् ।


ADVERTISEMENT


भरतपुर अस्पतालको निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले अनियमितता रोकेर नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिनेतर्फ ध्यान केन्द्रित गरेको बताए । ‘केही अस्पतालले आवश्यकता भन्दापनि कमिसनको लोभमा काम गर्ने गरेको सुनेको छु ।’ उनले भने, ‘आगामी दिनमा यस्ता रकम जनताको सेवामा लगाउने सोचमा छु ।’


ADVERTISEMENT

# # #


जनतालाई निःशुल्क औषधि उपलब्ध गराउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उनले बताए । मन्त्री ढकालले चिकित्सक, नर्स र कर्मचारीको सेवा बृद्धि गर्दै जनतालाई सुविधा दिनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गरे । ‘राजनीति गरुन्जेल र सार्वजनिक पद धारणा गरुन्जेल पदको दुरुपयोग गरेर एक रुपैंया पनि कमाउन हुन्न भन्ने कुरामा म प्रतिबद्ध छु ।’ उनले भने, ‘अनियमिततामा अरुलाई पनि छुट दिने छैन् ।’

उनले सेवा भावमा काम गर्ने जुनसुकै आस्था बोकेकासंग पनि सहकार्य गर्न तयार रहेको बताए । निजी स्वार्थ केन्द्रमा राखेर काम गर्नेहरुसंगै कहिल्यै सहकार्य नगर्ने उनले स्पष्ट पारे। मन्त्री ढकालले प्राथमिकताका आधारमा अस्पतालको सेवासुविधा प्रदान गरिने जानकारी दिए । उनले भरतपुर अस्पतालमा निर्माणाधिन भवन निर्माणका लागि आवश्यक रकम र आवश्यक दरबन्दी उपलब्ध गराउने प्रतिबद्धता जनाए।