काठमाडौं । नेपाल प्रहरीका ८ एसपी र २१ डिएसपीको काज सरुवा भएको छ ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा र स्याङ्जाका एसपी राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ ।


ADVERTISEMENT

# # #


सर्लाहीका एसपी गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा आएका छन् ।

सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका एसपी रविकुमार पौडेल जिल्ला प्रहरी कार्यालय काभ्रे सरुवा भएका छन्, काभ्रेका जयराज सापकोटा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर पठाईएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा तानिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ ।

डिएसपीतर्फ साईबर व्यूरो काठमाडौंका यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको पनि सरुवा भएको छ ।