एजेन्सी – भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप  प्याज दिइएको छ । नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताए । रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयो । आजकाल उक्त राज्यमा प्याजको मूल्य दुई सय भारु प्रतिकिलो छ ।


ADVERTISEMENT


शाहुलका अनुसार यो उपहार उनका साथी जी। चेतनसमेत ६ साथीले दिएका हुन् । चेतनका अनुसार दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् । पछि उनीहरुले काँक्रोको रायता बनाउने निर्णय गरे ।


ADVERTISEMENT

# # #


आफूहरुले साढे दुई किलो प्याज पाँचसय भारुमा खरिद गरेको चेतनले बताए ।