एजेन्सी– फिनल्याण्डमा ३४ वर्षकी सन्ना मारिन नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी फिनल्याण्डको इतिहासका साथै विश्वमै सबैभन्दा युवा प्रधानमन्त्री बनेकी हुन् । यस्तै उनी फिनल्याण्डकी तेस्रो महिला प्रधानमन्त्री बनेकी छन्  ।


ADVERTISEMENT


यसअघि सबैभन्दा युवा प्रधानमन्त्रीमा युक्रेनकी प्रधानमन्त्री ओलेक्सी होन्चेरुक रहेकी थिइन् । उनी ३५ वर्षमा प्रधानमन्त्री बनेकी थिइन् । सन्ना प्रधानमन्त्री बनेसंगै ओलेक्सी होन्चेरुकको कीर्तिमान तोडिएको हो । यस्तै न्यूजिल्याण्डकी प्रधानमन्त्री जाकिण्डा अडर्न पनि ३९ वर्षमा प्रधानमन्त्री बनेकी थिइन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री एन्टी रेइनीले पद छाडेपछि पारबाहनमन्त्री रहेकी सन्ना मारिन महिला नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्रीमा चुनिएकी हुन् । यही हप्ता उनले शपथ लिने बताइएको छ ।  रेइनी पोष्टल स्ट्राइक सम्हाल्ने सम्बन्धमा गठबन्धन सदस्यको विश्वास गुमाएपछि पद छोडेका थिए ।

प्रधानमन्त्रीमा चुनिएपछि उनले जनताको विश्वास जित्नका लागि धेरै काम गर्ने बताइन् । ‘मैँले आफ्नो उमेर वा लिंगको बारेमा कहिल्यै सोचिन ।’ मारिनले भनिन् ‘म राजनीतिमा आउनुको कारण ती कुराहरुको बारेमा सोच्छु, जसका कारण मैँले मतदाताको विश्वास जित्न सफल भएँ ।’

को हुन सन्ना मारिन ?
सन्ना मारिनको जन्म १६ नोभेम्बर १९८५ मा फिनल्याण्डमा भएको थियो । उनले सन् २०१२ मा प्रशासनिक विज्ञानमा ट्याम्पियर विश्वविद्यालयबाट स्नातक गरिन् । त्यही वर्ष ट्याम्पियरको नगर परिषदमा चुनिएकी उनी २०१३ देखि २०१७ सम्म सिटी काउन्सिलकी अध्यक्ष समेत रहेकी थिइन् ।

२०१५ मा पहिलो पटक संसद सदस्य बनेकी सन्नाले जुन २०१९ मा सरकारमा समेत सहभागिता जनाउने मौका पाइन् । उनलाई पारसवाहन र सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको थियो ।