काठमाडौँ – १३ औँ  दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारतसंग पराजित भएपछि नेपालकी कप्तान निरु थापाले सन्यासको घोषणा गरेकी छन् । सोमबार पोखरामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोलले हराउँदै लगातार तेस्रो पटक स्वर्ण जितेको थियो ।


ADVERTISEMENT


थापाले देखि सन् २०१० देखि नेपाली राष्ट्रिय टिमबाट खेल्दै आएकी थिइन् ।  यस्तै अर्की महत्वपूर्ण खेलाडी मनमाया लिम्बुले पनि सन्यासको घोषणा गरेकी छन् । सन् २०१४ मा राष्ट्रिय टिममा डेब्यू गरेकी मनमाया लिम्बूले पनि आजै सन्यासको घोषणा गरेकी हुन् ।


ADVERTISEMENT

# # #


नेपाली महिला फुटबल टिम सागको स्वर्णका लागि भिडन्तमा लगातार तेस्रो पटक पराजित भएका हुन्।

प्रशिक्षक हरि खड्काले दिए राजीनामा

यस्तै प्रमुख प्रशिक्षक हरि खड्काले पनि पदबाट राजीनामा दिएका छन् । भारतसंगको हारपछि उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।