काठमाडौँ – जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले बक्सिङमा दोस्रो स्वर्ण पदक जितेको छ ।


ADVERTISEMENT


६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन् । उनले भारतीय खखेलाडी मनिष कौशिकलाई पराजित गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि सोमबार नै बक्सिङमा मिनु गुरुङले पनि स्वर्ण जितेकी छन् । योसँगै १३ औं सागमा नेपाल ४७ स्वर्ण पदकसहित दोस्रो स्थानमा यथावत छ । १३८ स्वर्णका साथ भारत पहिलो स्थानमा रहेको छ।