पर्सा – करिब ३ केजी अवैध लागूऔषध चरेससहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३४ वर्षीय नचेङ तामाङ र भारत कलकत्ता मेचिया बुरुस घर भएका ४३ वर्षीय शेफ खान रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले मंगलबार वीरगंज महानगरपालिका–१६ नगवा पोखरीबाट उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।