भक्तपुर । प्रहरी वृत्त ठिमीका प्रहरी जवान र हवल्दारका परिवार बस्नका लागि वृत्त नजिकै आवासगृह बन्ने भएको छ। वृत्तका डीएसपी शान्तिराज कोईरालाको योजना र ठिमी नगरपालिकाको सहयोगमा स्थानीय ६ नम्बर वडामा सो आवास गृह बन्न लागेको हो ।


ADVERTISEMENT


समुदाय – प्रहरी साझेदारी अभियान अन्तर्गत निर्माण हुन लागेको भवनको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, उपमेयर अञ्जनादेवी माधिकर्मी र भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधानले बिहिबार शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


सिपाही र हवल्दारको आवासको व्यवस्थाका लागि घर सुबिधा देशमै पहिलो रहेको बताईएको छ । सो भवनको तीन महिना भित्रमा निर्माण सम्पन्न गर्ने योजना बनाईएको छ ।

सेवा सुविधा कम भएकाले काठमाडौँमा भाडामा बस्ने प्रहरी जवान र हवल्दारलाई जीविको पार्जन गर्न गाह्रो भएको भन्दै उनीहरुका लागि आवासको व्यवस्था गर्न लागिएको डीएसपी कोईरालाले हिमालयपोष्टलाई जानकारी दिए । उनले प्रहरी जवान र हवल्दारहरुको मनोबल उच्च बनाउदै कार्यदक्षतामा प्रभावकारिता बढाउन सो योगदान दिन लागिएको बताए ।

डीएसपी कोईरालाले आवासगृहमा सुरुमा १० परिवार राख्ने र विस्तारै यस्को क्षमता बढाउँदै लैजाने समेत बताए ।

मेयर श्रेष्ठले निर्माण हुने भवन नगरपालिकाको स्वामित्वमा रहने र उपभोग, मर्मत संहार र संरक्षण प्रहरी वृत्तले गर्ने जानकारी दिए ।

वडा नम्बर ६ का अध्यक्ष हरिदास प्रजापतीले सो भवन निर्माणका लागि नगरसभाबाट १ करोड रकम बिनियोजन भईसकेको हिमालय पोष्टलाई बताएका छन् ।

डीएसपी कोइरालाले समुदाय र नगरपालिकासंगको सहकार्यमा आगामी दिनमा विविध कार्यक्रम ल्याउने जानकारी दिए ।