काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न चुनावका लागि बर्तमान महासचिव डा. लोचन कार्कीले उमेद्वारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


उम्मेदवारी दर्ताको पहिलो दिन १ अध्यक्षसहित १० जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा डा. कार्की सहित उपाध्यक्षमा डा. अनिल विक्रम कार्की, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, सदस्यहरुमा डा. रितेश थापा, डा. प्रमोद जोशी र डा. विक्रान्त ढकालसहित अन्य ४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कमिटीका संयोजक डा. बाबुराम मरासिनीका अनुसार मनोनयन शनिबारसम्म हुनेछ ।


ADVERTISEMENT

# # #