काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट बनेका बरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उनकै निवास पुगेका छन् । देउवा उप सभापति विमलेन्द्र निधिलाई समेत साथमै लिएर पौडेल निवास बोहराटार पुगेका हुन् ।


ADVERTISEMENT


भेट पछि पौडेलले पार्टी सहमति र सहकार्यमा संचालन गर्नुपर्ने बारे छलफल भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


सभापति देउवाले एकलौटी पार्टी सञ्चालन गरेको भन्दै पौडेलले बैठक बहिस्कार गर्दै आएका छन् । देउवाले भने पौडेल समुहको बहिस्कारका बीच पार्टी बिभाग लगायतका निर्णयहरु धमाधम गर्दै आईरहेका छन् । कांग्रेसमा देउवाको कार्यशैली प्रति पौडेल लगायत महामन्त्री शशाँक कोईराला तथा कृष्णप्रसाद सिटौला समुहको गम्भिर असन्तुष्टि रहँदै आएको छ ।