काठमाडौँ । शुक्रबारदेखि सुरु भएको वर्षा रोकिएर काठमाडौं उपत्यकामा शनिबार घाम लागेको छ । दुई दिन देखि धुम्मिएको मौषम हट्दै काठमाडौँ उपत्यकामा घाम देखिएको छ । यद्यपि पश्चिमी न्यून चापीय वायुको प्रभावले भएको वर्षा रोकिए पनि काठमाडौँमा चिसो बढेको छ ।


ADVERTISEMENT


जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


मौसमविद्हरुले अनुसार आइतबारबाट मौसममा क्रमशः सुधार हुँदै जाने बताएका छन् ।