ओखलढुंगा । नेपाली कांग्रेसका चर्चित युवा नेता रामहरी खतिवडाले नेकपाकाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रबेश गराउँदै देशमा कांग्रेसको बिकल्प नभएको पुष्टि भएको बताएका छन् ।


ADVERTISEMENT


ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँ पालिका वडा नम्बर ६ को कार्यकर्ता प्रशिक्षण र पार्टी प्रवेश कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्ब गाबिस उपाध्यक्ष केशर बहादुर थापा मगर, नेताहरु डिक बहादुर बिक, खेम बहादुर थापा मगर, कविता थापा मगर, लेखराज कार्की लगायत स्वतन्त्र युवाहरु सहित १७६ जना नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


सोही अवसरमा कांग्रेसमा रहेर योगदान गरेका २ सय १३ जनालाइ सम्मान पनि गरिएको छ ।

नव प्रबेशिहरुलाइ कांग्रेस युवा नेता एवं पूर्वसांसद रामहरी खतिवडा, नेपाली काङ्ग्रेस ओखलढुंगाका सभापति प्रदिप कुमार सुनुवार, केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य खिलानाथ दहाल, नेता दिल्ली खनाल, तेजेन्द्र खनालले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवानेता खतिवडाले नेपाली काङ्ग्रेसले हार्दा भन्दा पनि कम्युनिष्टहरुका कारण देश र ओखलढुंगाको विकासले हारेको देख्दा बढी दुख लागेको बताएका छन् ।

आफ्नो पालामा सुरु गरिएका विकासका योजनाहरु नेकपा सरकारले छिन्नभिन्न बनाएको उनको भनाई छ ।

दुई तिहाइको सरकारले करको भारि, बलात्कार र महँगि मात्र दिएको उनको आरोप छ । समृद्धिसंग देशलाई हिडाउन फेरि पनि नेपाली काङ्ग्रेसको नेतृत्व जरुरी देखिसकिएको भन्दै राष्ट्र बनाउने अभियानमा साथ दिन सबैलाई उनको आह्वान छ ।