काठमाडौँ – एनआईसी एशिया बैंकले एकैदिन काठमाडौँ उपत्यकामा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


ललितपुर टंगाल पाटनस्थित मंगलबजारमा आइतबारबाट सञ्चालनमा आएको मंगलबजार शाखाको ललितपुर महानगरपालिका वडा नं १२ का वडाध्यक्ष नारायण लाल अवालेले गरे । यस्तै दरबारमार्ग शाखाको एनआईसी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेज राज तिमिल्सिनाले उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौँ क्षेत्रका ग्राहकलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।