काठमाडौँ – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्टर्सले पहिलो जित हात पारेको छ । काठमाडौँ गोल्डेन्स वारियर्सलाई सुपर ओभरमा १० रनले पराजित गरेको हो ।


ADVERTISEMENT


सोमबार पोखरा रंगशालामा टस हारेर ब्यटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बानायो । १४१ रनको चुनौति पच्छ्याउँदै मैदान प्रवेश गरेको बुटवले पनि २० ओभरमा ७ विकेको क्षतीमा १४० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।


ADVERTISEMENT

# # #


सुपर ओभरमा बुटवलले १२ रन बनायो । १३ रनको लक्ष्य पाएको काठमाडौँले सुपर ओभरमा एक विकेट गुमाउँदै २ रन मात्रै बनाउन सक्यो । बुटवललाई रोमाञ्चक जित दिलाउन अभिनाश बोहराले शानदार बलिङ गरे । उक्त ओभरमा उनले २ रन मात्रै दिएर गौरव तोमारको विकेट लिएका थिए ।

यसअघि भएको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लूजले विराटनगर टाइटान्सलाई ५ रनले हराएको थियो ।