काठमाडौँ – उप–निर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन् ।


ADVERTISEMENT


उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन् ।


ADVERTISEMENT

# # #


गत वर्ष फागुनमा तत्कालीन सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की–२ मा सांसदको पद रिक्त भएको थियो । उक्त रिक्त स्थानका लागि गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा भट्टराई कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई पराजित गरेर सांसदमा निर्वाचित भएकी थिइन् ।

भट्टराई स्व. अधिकारीका पत्नी हुन् ।