काठमाडौँ – पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा पारस खड्काको कप्तानीमा रहेको तिवन राइनोजले पहिलो जित हात पारेको छ । चितवनले साबिक विजेता पोखरा पल्टनलार्य ६ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


मंगलबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा सबैं विकेट गुमाउँदै १०७ रन बनायो । १०८ रनको सामान्य चुनौति पच्छ्याएको चितवनले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । बाबर हायातले उत्कृष्ट ब्याटिङ गरेपछि चितवनले सजिलै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगिताको डेब्यूमै अर्धशतक बनाएका बाबरले चितवनको जितका लागि ४२ बलमा नटआउट ६६ रनको योगदान दिए । त्यसक्रममा उनले ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै सन्नी पटेलले १८ बलमा २ छक्का र एक चौकाको मदतमा नटआउट २२ रन जोडे । रोहन मुस्ताफा ११ रनमा आउट हुँदा कप्तान पारस खड्का ४, आरिफ शेख १ र अलि कुमार साह सून्य रनमा आउट भए ।

पोखराका लागि रासिद खान र सर्वजित लद्दाले समान २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४५ रन बनाउनुबाहेक अन्यले गतिलो ब्याटिङ देखाउन सकेनन् । शरदले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गुरे । यस्तै १२ बलमा २ छक्काको मदतमा १३ रन बनाए भने रनिन्दर सिंह, राशिद खान र आसिफ शेखले समान १०-१० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

पोखरालाई सस्तैमा समेट्ने क्रममा भुवन कार्की, सन्नी पटेल र रोहान मुस्ताफाले समान २-२ विकेट लिए । यस्तै करण केसी, विक्रम सोब र पारस खड्काले समान १-१ विकेट हात पारे ।