काठमाडौं – नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा गरेका छन् । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । यसअघि आइतबार उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् ।


ADVERTISEMENT

# # #


अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।

नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।