काठमाडौं । नेपालमा पहिलो पटक भएको फ्रिक्वेन्सी बोलकबोलमा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले हात पारेको छ।


ADVERTISEMENT


नेपाल दूरसञ्चार प्राधिकरणले गरेको बोलकबोलमा एनसेलले नेपाल टेलिकमलाई उछिनेको हो।


ADVERTISEMENT

# # #


प्राधिकरणले पटक पटक गरी ९,१८ र २१ सय मेगाहर्ज ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी बोलकबोलबाट बिक्री गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो। १८ सयबाहेक अरूमा दोस्रो कम्पनी नपाइएपछि बुधबार १८ सयमा बाँकी फ्रिक्वेन्सीका लागि बोलकबोल भएको थियो।

यो ब्यान्डमा एनसेलले बढीमा ९ मेगाहर्जमात्र पाउने छ। २० मेगाहर्जको अधिकतम सीमा रहेकोमा अहिले नै एनसेलसँग ११ मेगाहर्ज रहेको छ।

तीन तहमा भएको कबोलमा एनसेलले प्रति मेगाहर्ज बार्षिक ५ करोड ८० रुपैयाँ प्रस्ताव गरेको थियो। यो नै अन्तिम हुने छ। यसमा यदि एनसेलले पाउनुपर्ने ९ मेगाहर्ज नै लिएमा उसले वर्षमा ५२ करोड रुपैयाँ बुझाउने छ।