काठमाडौं– रियालिटी शो ‘नेपाल आइडल सीजन ३’ यहि पुषदेखि शुरु हुँदैछ । नेपाल आइडल सीजन ३ लाई डिशहोमले संचालन गर्नेगरी सम्झौता गरेको छ ।


ADVERTISEMENT


नेपाल आइडल ३ को प्रसारण प्रारम्भसँगै यसको प्रसारण सहयात्रीमा नेपालमा सर्वाधिक ग्राहक संख्या भएको तथा अन्तर्राष्ट्रिय स्तरको प्रसारण गुणस्तर भएको डिशहोम पनि आबद्ध भएको हो ।


ADVERTISEMENT

# # #


डिशहोमका बिक्री प्रमुख रमेश सापकोटले दर्शकहरुलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरञ्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएको बताए । उनले यसभन्दा अघिका अन्य रियालिटी शोहरुलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा खुसी लागेको बताए ।

अन्तर्राष्ट्रिय रुपमा चर्चित यस शोलाई नेपालमा एपी वान् एचडीले पहिलो संस्करणदेखि नै प्रसारण गर्दै आइरहेको छ र विगतका २ सीजनले नेपालमा पनि यसको लोकप्रियता शिखरमा रहेको प्रमाणित गरिसकेको छ ।

नेपाल आइडल कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिशहोमको रियालिटी टीभी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने पनि डिशहोमले जनाएको छ ।