काठमाडौँ – अस्ट्रेलियाको चर्चित फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेट बिग बास लिग (बीबीएल)मा नेपाली क्रिकेटका स्टार लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आज आफ्नो पहिलो खेल खेल्दैछ ।


ADVERTISEMENT


मेट्रिकन स्टेडियममा सुरु भएको खेलमा मेलबर्नले ब्रिसबेन हिटविरुद्ध  टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।


ADVERTISEMENT

# # #


सन्दीप गत सिजनमा पनि मेलबर्न स्टार्सबाटै खेलेका थिए । गतवर्ष मेलबर्नले फाइनलमा मेलबर्न रेनेगेट्ससंग पराजित भएर उपविजेतामै सीमित बनेको थियो ।

यस्तो छ प्लेइङ ११

ग्लने म्याक्सवेल (कप्तान), निक म्याड्डीसन, मार्कस स्टोइनिक्स, हिल्टन कार्टराइट, बेन डंक, पिटर ह्यान्ड्सकोम्ब, क्लिन्ट हिन्किल्फ, अदाम ज्याम्पा, डेनाइल वोरेल, ह्यारिस रौफ र सन्दीप लामिछाने ।