काठमाडौं – चितवन राइनोजका लागि आरिफ शेषले उत्कृष्ट ब्याटिङ्ग गरेपछि उसले धनगढी एस्क्पर्टलाई ५२ रनले पराजित गरेको छ । जितसँगै तीन खेलमध्ये तीनैमा जित हात पारेको चितवनले छ अङ्कसहित तालिकाको शिर्ष स्थानमा यथावत रहेको छ ।


ADVERTISEMENT


पोखरामा जारी प्रिमियर लिग टी ट्वान्टी क्रिकेट प्रतियोगिताको ९ औं खेलमा चितवनले प्रस्तुत गरेको १८१ रनको उच्च योगफल पछ्याउँदै धनगढी २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १२९ रन जोडन सक्यो । धनगढीको पारीको पहिलो दुई विकेट दुई बलमै झरेपछि ऊ कमजोर सुरुवात गर्न पुगेको थियो । करण केसीको बलमा रन लिन खोज्दा सन्नी पटेलले शुभेन्दु पाण्डेलाई पहिलो बलमै रन आउट गरे। दोस्रो बलमा करणले श्रीमन्थ विजयारत्नेलाई एलबीडब्ल्युको धरापमा पार्दा धनगढीले खाता समेत खोल्न सकेको थिएन ।


ADVERTISEMENT

# # #


अर्का ओपनर रोड्रिगो थोमसले २४ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले ४९ रनको योगदान दिएपनि जितका लागि अपर्याप्त रह्यो । पुछारमा अमित यादबले अविजित रहँदै १७ रनको योगदान दिए ।

चितवनका लागि भुवन कार्कीले सर्वाधिक तीन तथा करण केसी र सन्नी पटेलले सामान  २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्ता पाएको चितवनले औसत सुरुवात गरेपनि २९ रनको योगफलमा ओपनर रोहन मुस्तफालाई ९ रनको व्यक्तिगत योगफलमा गुमाउन पुग्यो । अर्का ओपनर कप्तान पारस खडकाले १५ बलमा २३ रनको योगदान दिएर अनिल खरेलको बलमा दिपेन्द्रसिंह ऐरीलाई क्याच थमाउन पुगे । बाबर हयातले ३६ रनको योगदान दिए ।

१०९ रनसम्म पुग्दा १५ ओभरमा पाँच विकेट गुमाएको चितवनलाई आरिफ शेषको विष्फोटक ब्याटिङ्गले उच्च योगफलसम्म पुर्याउन सफल भयो । शेषले मात्र २० बलको सामना गर्नुहुँदै दुई चौका र चार छक्काको सहयोगमा अविजित ४७ रन जोडे । अर्का ब्याट्सम्यान सन्नी पटेल अविजित रहँदै ३२ रन जोडे । दुवैजनाले अन्तिम पाँच ओभरमा ७२ रन जोडे ।

धनगढीका लागि दिपेन्द्रसिंह ऐरी र अनिल खरेलले सामान २-२ तथा अमित यादवले एक विकेट लिए। आरिफ खेलको म्यान अफ द् म्याच घोषित भए ।