काठमाडौँ – संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठक शोकप्रस्ताव पारित गरेर स्थिगित भएको छ ।


ADVERTISEMENT


शुक्रबारको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


बैठक सुरु हुनासाथ उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद आह्वान सम्बन्धी राष्ट्रपतिबाट पठाइएको पत्र पढेकी थिइन् । त्थ्यसपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक पुस ११ गते दिउँसो एक बजे बस्नेछ । उक्त बैठकले नयाँ सभामुख चयन गर्ने कार्यसूचि रहेको छ ।

सभामुखका लागि वर्तमान उपसभामुख डा. तुम्बाहाम्फेको दाबी रहेको छ भने नेकपाबाट पूर्वसभामुख सुवास चन्द नेम्वाङ र अग्नी सापकोटाको चर्चा सुनिन्छ ।

तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुखको पद रिक्त रहेको छ । महरालाई संसदकी कर्मचारी रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएपछि गत असोज १४ गते प्रहरीले तत्कालीन सभामुख महरालाई पक्राउ गरेको थियो । सभामुखबाट राजीनामा दिएका महरा अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।